आज राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय समाप्त हुँदै

काठमाडौं । आज निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय समाप्त हुँदै छ ।

विशेषगरी आज संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले बताएको छ ।

यस्तै आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन सक्नेछन् । यद्यपि एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले दर्ताको निवेदन दिएको आयोगले बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार