नेपाललाई दोस्रो सफलता, नेदरल्याण्ड्सका दुवै ओपनर आउट

आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सको दुई विकेट लिएको छ । त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले दोस्रो विकेटमा नेदरल्याण्ड्सका म्याक्स ओ डडलाई आउट गरेको छ ।

उनलाई ५-६ ओभरमा ललितनारायण राजवंशीको बलिङमा भीम सार्कीले क्याच आउट गरे। उनले २१ बल खेलेर १० रन बनाएका थिए । नेपालका लागि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका थिए ।

उनको बलिङमा नेदरल्याण्ड्सका ओपनर मिचेइल लेभिट शून्य रनमै देव खनालबाट क्याच आउट भएका थिए । ९ ओभरको खेल सकिँदा नेदरल्याण्ड्स २ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ ।

आजको खेलमा नेपालको प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरिएको छ । आज करण केसी र पवन सर्राफको स्थानमा दिपेन्द्रसिंह ऐरी र देव खनाललाई ल्याइएको छ।

इन्टरनेशनल लिग टी-२० खेल्न गएका दिपेन्द्रसिंह ऐरी शुक्रबार नेपाल आएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार