आज प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै  

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन यूएईमा हुनु हुन्थियो । यद्यपि समय तालिका अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश आउनु हुँदै छ ।

यस्तै प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उहाँका प्रेस सल्लाहकार गोविन्द   आचर्यले बताए । आचर्यका अनुसार प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराउने कार्यतालिका रहेको बताए ।

विशेषगरी प्रधानमन्त्री गत १३ गते यूएई जानुभएको थियो । हिजो कोेप २८ मा सम्बोधन गर्दै उहाँले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको जानकारी दिनुभयो । नेपालले जलवायू परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग प्रधानमन्त्रीले गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार