परराष्ट्रमन्त्री एनपी साउद दोहा जादै

काठमाडौं । आज परराष्ट्रमन्त्री एनपी साउद कतारको राजधानी दोहा जानु भएको छ ।

विशेषगरी दोहा फोरम–२०२३ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउद आज बिहान पौने ८ बजे कतार एयरलाइन्सको जहाजमार्फत् दोहा प्रस्थान गरेको सचिवालयले बताएको छ । यस्तै दोहा फोरममा विभिन्न देशका नेता तथा सरकारी अधिकारी सहभागी हुने कार्यक्रम छ ।

यद्यपि भ्रमणका क्रममा मन्त्री साउदले कतारका समकक्षी तथा उच्च अधिकारीसँग शिष्टाचार भेट गर्ने तालिका छ । कतारमा गाजामा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि मध्यस्थता गरिदिन आग्रह गर्ने मन्त्री साउदले प्रष्ट पार्नुभयो ।

साउद १६ डिसेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले विज्ञप्तिमार्फत् उल्लेख छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार