छानबिन गर्न एनसेलको सेयर खरिद बिक्रीबारे समिति गठन

काठमाडौं । छानबिन गर्न एनसेलको सेयर खरिद बिक्रीबारे समिति गठन गरिएको छ । विशेषगरी आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

यस्तै समितिको संयोजकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा रहेकोे बताइएको छ । यसमा सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले छन् । समितिलाई यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको छ ।

विशेषगरी ६ दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता गरिएको थियो । उक्त  सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी भएको थियोे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार