काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी अर्थात भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकले टीकाटालो गरेकी छन् ।
यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट गरेकी हुन् । उनको विवाह मंसिर २३ गते हुने भएको छ। रेनु दाहाल प्रचण्डकी माइली छोरी हुन् ।
प्रधानमन्त्री प्रचण्ड प्रतिभाको टीकाटालोमा सहभागी भएका थिए ।