काठमाडौँ । अहिले मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंको रिहाइको माग गदै उनका समर्थकहरूले विरोध प्रदर्शन उग्र रुप लिइएको छ ।
विशेषगरी आज शुक्रवार उनीहरुले प्रसाईंको रिहाइको माग गर्दै भक्तपुरको सानोठिमी सल्लाघारीको मुख्य सडक अवरोध गर्न थालेका छन्
यस्तै भक्तपुरस्थित प्रसाईंको निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको बताइएको छ । अहिले प्रहरी परिचालनपछि प्रसाईं घरबाट बाहिर निस्किन सकेका छैनन् । प्रसाईंले आफू होम एरेस्टमा रहेको जानकारी दिइएका छन् ।