वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नवीकरण पुस मसान्तभित्र गरिसक्नुपर्ने

काठमाडौँ । अब वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुले पुस मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने छ। विशेषगरी १५ हजार रुपैयाँ नवीकरण दस्तुर तिरेर पुस मसान्तभित्र नवीकरण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ एवं वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क  मा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सूचिकृत स्वास्थ्य संस्थाहरुले सूचीकरण नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था स्पष्ट साथ राखिएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ४ मा अनुसार सूचीकृत भएका वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सूचीकरण नवीकरण भएको मितिदेखि तेस्रो वर्षको पौष एक गतेदेखि पौष मसान्तसम्म १५ हजार रुपैयाँ तिरेर नवीकरण गर्न आग्रह गरेको छ । मन्त्रालयको बैंक खातामा तोकिएको दस्तुर र रकम जम्मा गरी पुस मसान्तभित्र सूचीकरण नवीकरणको लागि निवेदन पेस गर्न आव्हान गरेको छ ।

मन्त्रालयले नवीकरणको लागि निवेदन दिँदा  सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो नवीकरण भएको भए सो प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आग्रह गरेको छ ।
यद्यपि अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट संस्था सञ्चालन स्वीकृतिको प्रमाणपत्र र नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि सहित पेस गर्न आग्रह गरेको छ ।

मन्त्रालयले अब देखि नाम वा ठेगाना परिवर्तन गरेको भए सम्बन्धित निकायबाट सोको स्वीकृति प्राप्त गरेको पत्रको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था ल्याएको च । यी माथिका सबै तोकिएको सर्तहरू पूरा नगरिएको खण्डमा नवीकरण नगर्ने र कारोबार रोक्का गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार