काठमाडौँ महानगरले बालाजुस्थित विष्णुमती पुलमा फूल रोप्यो

काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाले बालाजुस्थित विष्णुमती पुलमा फूल रोपेको छ ।

विशेषगरी पुलको दायाँ बायाँ डिलमा माटो थुपारेर फूल रोपिएको महानगरले बताएको छ । महानगरले यस अघि  बानेश्वर स्थित बिजुली बजारको आर्क वृजमा पनि गमलामा फूल रोपेको थियो ।

यस अभियानले सहरी सौन्दर्य बढाउन अन्य क्षेत्रमा पनि फूल रोप्ने कामलाई तीव्रता दिइने महानगरले बताएको छ  ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार