श्रम स्वीकृति अनलाइनबाटै लिन वैदेशिक रोजगार विभागको अनुरोध

काठमाडौँ । अब देखि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनका लागि कार्यालयमा भौतिक रूपमा नआउन अनुरोध गरेको छ । आज विभागले श्रम स्वीकृतिको कार्य पूर्ण रूपमा अनलाइन मार्फत हुँदै आएको भन्दै सोही आधारमा अनलाइन मार्फत नै लिन सबैमा आग्रह गरेको छ ।

यद्यपि वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था मिलाइएको विभागले बताएको छ । यस्तै उपलब्ध जनशक्तिको आधारमा दैनिक (टोकन) खुला गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको भन्दै विभागले भौतिक रूपमा कार्यालयमै उपस्थित नहुन प्रष्ट पारेको छ । उक्त टोकन प्राप्त गरेको मिति र समयबाट प्राविधिक कारणले सम्भव भएसम्म ७२ घण्टाभित्र अनलाइन रूपमा श्रम स्वीकृति सम्बन्धी सेवा प्रदान गरिने प्रतिबद्धता विभागले जनाएको छ ।

यस्तै श्रम स्वीकृति नभई हवाई टिकट नलिन र कार्यालयमा भौतिक रूपमा उपस्थित समेत नहुन सबैमा विभागले जानकारी गराएको छ ।

केही समय अघिसम्म फेमिसमा समस्या देखिए पनि अहिले सबै फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले अनलाइनबाटै श्रम स्वीकृति लिन सबै आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार