पहिचानवादीलाई सङ्कल्प यात्रामा अवरोध नगर्न एमालेको अपिल

काठमाडौँ । आज एमालेको मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रा बाट उदयपुरको घुर्मी, ओखलढुगाको हर्कपुर हुँदै घुर्मी हुँदै खोटाङ प्रवेश गर्दै हुँदै छ ।

विशेषगरी एमालेको उक्त अभियानलाई पहिचानवादीहरूले कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले भने यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई आग्रह गरेको छ ।
यस्तै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

राजेन्द्र गौतमका अनुसार एमाले अभियानलाई लक्षित गर्दै प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गरिएको भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न भनिएको छ ।
यस्तै नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्याउन गौतमले भनेका छन्  ।
नेकपा (एमाले)ले मध्य पहाडी पुष्पलाल लोक मागमा सुरु गरेको ‘झुलाघाट—चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ बाट कोशी प्रदेश प्रवेश गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार