८१ प्रतिशत स्टाफ नर्सको लाइसेन्स परीक्षामा फेल 

 
काठमाडौं । स्टाफ नर्स तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन्। नेपाल नर्सिङ परिषद्ले राजधानीका २ वटा परीक्षा केन्द्रहरूमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएको बताइएको छ ।
 

यस्तै परीक्षा समितिकी प्रवक्ता शकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएकामध्ये २४६ जना (१९.३४ प्रतिशत) मात्रै पास भएको बताउनुभयो ।

 
यद्यपि बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएको बताउनुभयो ।  बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) मात्र पास छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार