एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगित, अब अर्को पेसी फागुन १५ गते हुने

काठमाडौँ । अहिले नेपालमा एनसेलको कर विवादसम्बन्धी मुद्दाले माहोल नै तताएको छ । आज एनसेलको कर विवादसम्बन्धि मुद्दा स्थगितको सूचीमा परेको छ ।

विशेषगरी ठुला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरका सम्बन्धमा सर्वोच्चमा विचाराधीन मुद्दा स्थगितमा परेको बताइएको छ । यस्तै आज मंगलबार सर्वोच्च अदालतमा गोला तान्ने क्रममा एनसेलको विवादित लाभकर सम्बन्धी मुद्दाको पेशी सूची कुनै पनि उपलब्ध न्यायाधीशले नतानेपछि मंगलबार पनि स्थगितमा परेको हो ।

अब एनसेलको कर विवादसम्बन्धि मुद्दाको अर्को पेशी फागुन १५ गतेलाई तोकिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार