आज बाट वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा सहजता

काठमाडौँ । अबदेखि वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भए सगै निकै सहजता हुने भएको छ । यही मंसिर ८ गतेदेखि विभागको अनलाइन प्रणाली फेमिसमा समस्या आएको आएको थियो । जसको कारणले गर्दा श्रम स्वीकृति लिने लगायतका काममा अवरोध खडा भएको थियो।

त्यसबेला अनलाइनमा समस्या आएपछि विभागले श्रम स्वीकृतिका लागि डकुमेन्टहरू अपलोड नगर्न आव्हान समेत गरेको थियो । अहिले भने सबै समस्या समाधान भएको भन्दै विभागले अब डकुमेन्टहरू सहज रूपमा अपलोड गर्न आव्हान गरेको छ।

विशेषगरी यस प्रणालीमा विगतमा आए समस्याको कारण श्रम स्वीकृती दिने त्तगभगभ रहेकोले श्रम स्वीकृती नभएसम्म हवाई टिकट नलिनु हुन समेत विभागले जानकारी गराएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार