गैरआवासिय नेपालीको नागरिकता लिएकालाई ‘ओभर स्टे’ बसेको भन्दै  बिमानस्थल अध्यागमनले जरिवाना तिरायो

काठमाडौं – त्रिभुवन अन्तराष्टिय बिमान स्थल अध्यागमन कार्यालयले हिजो बेलुका फ्लाइट नं. आर ए ४१५ बाट मलेसिया हुँदै लण्डन जान लागेका गैर आवाससिय नेपालीलाई जरिवाना तिराएर बेलायत जान अनुमति दिएको छ ।

बेलायतको नागरिकता लिएर उतै बस्दै आएका गँगा बहादुर बस्नेतलाई गैरआवासिय नागरिकता लिएको भए पनि ‘ओभर स्टे’ बसेको भन्दै २४ दिनको अमेरिकी डलर १७८ जरिवाना तिराएर प्रस्थान अनुमति दिएको हो ।

पारिवारिक कामको सिलसिलामा नेपाल आएका उनले नेपाल आएको बेला २०८० साल कार्तिक २१ गते गैर आवसिय नेपालीले पाउने नागरिकता लिएका थिए ।

गैरआवासिय नेपालीको लागि राजनीतिक बाहेक सबै अधिकार दिने भनेर तामझामका साथ गैरआवासिय नेपालीका लागि नारिकता दिन सुरु गरिए पनि बिमानस्थल अध्यगमनले अनुमतिभन्दा बढि बस्ने गैर आवासिय नेपालीका लागि छुट दिने कुनै निर्देशन नआइसकेको हुँदा छुट दिन नसक्ने बताउँदै जरिवाना तिराएको हो ।

गैरआवसिय नेपालीले सोही स्तरको नागरिकता पाइसके पछि अध्यगमनमा सुबिधा पाइन्छ भनेर सबै काम सकेर बेलायत फर्किन लागेको बताए । यदि यस्तो थाहा पाएको भए पहिले नै फर्किने थिएँ, उनले बताए ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, अध्यगमन कार्यालयका सुचना अधिकारी झंकनाथ ढकालले गैरआवासिय नेपालीका लागि सोही अनुसारको नागरिकता दिइए पनि जरिवाना तिर्न नपर्ने गरी कुनै परिपत्र नआइसकेको हुँदा मौजुदा कानुन अनुसार नै बिमानस्थलले कारवाही गर्ने गरेको बताउनु भएको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार