फोहोर व्यवस्थापन नहुँदा बञ्चरेडाँडा क्षेत्रका मानिसको स्वास्थ्यमा गम्भीर समस्या

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा मानव स्वास्थ्यमा गम्भीर समस्या हुन थालेको बताइएको छ । 

विशेषगरी १२ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने सरकारी प्रयास शुन्य जस्तै देखिन्छ । फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने भन्दा पनि उपत्यकाको फोहोर फाल्ने क्षेत्रमा मानवीय स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ ।

नुवाकोटका स्थानीयहरूले बञ्चरेडाँडामा फोहोर फाल्न थाल्नुअघि नै जग्गा अधिग्रहण गरेर बस्ती स्थानान्तरण गर्नुपर्ने माग उठाउदै आएका छन् । यद्यपि सरकारले भने अहिलेसम्म कुनै पहल कदमी चालेको छैन । त्यहाँका ओखरपौवा र बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्र उजाड बन्ने अवस्थामा पुगेको स्थानीयवासीहरुले जानकारी दिइएका छन् । 

ओखरपौवा र बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर उचित रूपमा दीर्घकालीन व्यवस्थापन सरकारले गर्न नसक्दा बञ्चरेडाँडा क्षेत्रमा मानव बस्ती बस्न सक्ने अवस्था नभएको प्रष्ट पारेका छन् । अहिलेसम्म सरकारले फोहोर व्यवस्थापनप्रति बेवास्ता हुँदा नागरिकहरूले बसोबास छोड्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।

अहिले बञ्चरेडाँडाका स्थानीयहरूको स्वास्थ्यमा समस्या आउन थालेको उल्लेख गरेका छन् । हरेक वर्ष ५ देखि १० जना मानिसहरू र पशुपंक्षीहरुको समेत क्यान्सरको कारण मृत्यु हुन थालेको स्थानीयबासीको भनाइ छ ।यस्तै फोहोरको गन्ध पुग्ने जति स्थानमा खेती समेत हुन छोडेको जानकारी दिइएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार