काठमाडौं । आज नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यद्यपि चाँदीको मूल्य भने बढेको छ ।
यस्तै नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको बताएको छ ।
विशेषगरी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० र चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम छ भने सुनको रेकर्ड मूल्यबाट केही तल झरेको जानकारी दिइएको छ ।
यस्तै हिजो सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर रहेकोे बताएको छ । यद्यपि हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको बताइएको छ ।