प्रहरीले पेप्सिकोलाबाट दुर्गा प्रसाईंलाई घर फिर्ता पठायो  

काठमाडौं । आज गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले घर पठाएको छ । यस्तै पेप्सिकोला चोकमा रोकेर उहाँलाई ठिमी स्थित घरमा फिर्ता पठाइएको उपत्यका प्रहरीले बताएको छ ।

विशेषगरी आज गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले प्रदर्शन गर्ने बताइएको थियो ।

हिजो सोमबार गौशालामा झडप भएपछि प्रहरीले  सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ पर्नेमा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि रहेका छन् । केहीलाई मुद्दा चलाउने प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार