कैलालीमा युवक हत्यामा संलग्न भएको आरोपमा ७ जना पक्राउ  

काठमाडौं । कैलालीका एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएपछि ७ जना पक्राउ परेका छन् ।

कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको थियो । यस्तै सामुहिक कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

विशेषगरी जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको बताइएको छ ।  विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेका थिए। अधिकारीलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। तर टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्।

यस्तै प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। जसमा लम्की–चुहा नगरपालिका–९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय नविन केशी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार