प्रधानमन्त्री सवार जहाज अवतरण हुन नसकेपछि काठमाडौं फर्कियो

काठमाडौँ । आज मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ ।

आज बिहान बुद्ध एयरको एटीआर ७२–५०१ नम्बर जहाज खराब मौसमका कारण जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो । त्यस फ्लाइटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सवार रहेका थिए ।

बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बुद्ध एयरका प्राविधिक दीपेन्द्र  कर्णले बताए ।

यस्तै जहाजमा प्रधानमन्त्री दाहालसहित ६५ जना यात्रु रहेका थिए । यद्यपि जहाज भने  १०–१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौँ फर्किएको थियो । फेरि १२ः४१ बजे पुनः जनकपुर उडेको थियो । सोही जहाजमा प्रधानमन्त्री जनकपुर गएको कर्णले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार