किन समातिए जर्मन विमानस्थलमा हलिवुड स्टार अर्नोल्ड

म्युनिख । अमेरिकाको कैलिफोर्नियाको गभर्नर भैसकेका  हलिउड स्टार अर्नोल्ड श्वार्जनेगर बुधवार जर्मनीको म्युनिख विमानस्थलमा समातिएका छन् । उनी महँगो खालको घडी लिएर जाँदै थिए । सञ्चारमाध्यमहरुका अनुसार अडेमर्स पिगुएटको घडीको मूल्य २६ हजार युरो थियो ।

अमेरिकाको लस एञ्जलसबाट जर्मनी पुगेका ७६ वर्षीय अभिनेता अर्नोल्डलाई म्युनिख विमानस्थलमा भन्सार अधिकारीहरूले करिब तीन घण्टा रोकेर राखे । जर्मन ट्याबलोइड बिल्डका अनुसार भन्सार अधिकारीहरूले तलासी लिँदा अर्नोल्डको साथमा महँगो घडी फेला पारेका छन् । अभिनेताले अराभल कस्टम फारममा घडीबारे खुलासा गरेका थिएनन् ।

उनीविरुद्ध भन्सार विभागले क्रिमिनल ट्याक्स प्रोसिडिङ शुरु गरेका छन् । घडी आयातित भएकोले फारममा खुलाउनुपर्थ्यो । भन्सारका अधिकारीहरूले अर्नोल्डलाई ३५ हजार युरो शुल्क तिराएको छ । यसमा ४ हजार युरो कर र ५ हजार युरो जरिवानासमेत संलग्न थियो ।

अर्नोल्डका अनुसार घडी श्वार्जनेगर क्लाइमेट इनिशिएटिभका लागि दान दिन लागिएको थियो । यो घडीको लिलामी बिहीबार अस्ट्रियाको स्की रिजोर्ट कित्जब्यूेहलमा एक कार्यक्रममा लिलामी गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार