दुर्गा प्रसाईं प्रदर्शन स्थगित गरेर सांस्कृतिक कार्यक्रममा

काठमाडौँ । अहिले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न लागेको देखिन्छ । ७ गते बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने बताएका थिए । तर अहिले जनताले साथ नदिइएको गुनासो पोखिरहेका छन् । 

यस्तै प्रसाईंको अराजक अभिव्यक्तिपछि शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो । शक्रबार पनि जिल्लाहरुबाट ल्याइएका लघुवित्त पीडितहरुको मात्रै सहभागितामा कार्यक्रम गरिएको देखिन्थ्यो । 

यद्यपि आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको बताइएको छ । अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले बताएको छ ।

आन्दोलनको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । जसअनुसार बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम तय गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार