आज नक्कली शरणार्थी प्रकरणको आदेश आउदै

काठमाडौं । आज नक्कली शरणार्थी प्रकरणको आदेश आउदै छ । हिजो नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको थियो ।

विशेषगरी न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार सकिएको थियो । यद्यपि बिहीबार प्रतिवादीतर्फका कानुन व्यवसायीले जवाफी बहस सकेका थिए ।

उक्त बहस सकिए पनि मुद्दा हेर्दाहेर्दैमा राखिएकोले आदेश भोलि शुक्रबार मात्र आउने अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बताएका थिए ।

उनीहरूले आफ्ना पक्षलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा नराख्न माग गर्दै काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश खारेजीको माग गरेका छन्।

यस्तै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलाइरहेको थियो । जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छोडेको थियो । विशेषगरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षको लागि थुनामा रहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार