दिउँसो शेखर–गगन समूहको बैठक बस्दै

काठमाडौं । आज दिउँसो नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बस्दैछ।

विशेषगरी आजको बैठक दिउँसो १ बजे बस्दै छ । यस्तै समूहका नेता डाक्टर शेखर कोइरालाले आफ्नो समूहको बैठक हिजोको लागि बोलाउनुभएको थियो तर, बैठकमा महामन्त्री गगनकुमार थापा नजाने भएपछि बैठक आजका लागि सारिएको हो ।

यस्तै शेखर र गगनबीच मंगलबार अर्जुननरसिंह केसीको घरमा संवाद भएर दुवैको सहमतीमा बैठक आजका लागि तय भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बस्ने भएको छ ।

विशेषगरी आजको बैठकमा शुक्रबार बस्ने कांग्रेस केन्द्रीय सम्पादनको बैठकमा कसरी प्रस्तुत हुने लगायत बारेमा छलफल गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार