उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य

काठमाडौँ । अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जानकारी दिइएको छ ।  उहाँलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ।

विशेषगरी नारायणकाजी श्रेष्ठलाई असोजको अन्तिम साता चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखा परेको थियो । यद्यपि उहाँलाई उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको सचिवालयले जानकारी दिइएको छ।

यस्तै श्रेष्ठलाई मुटुमा हल्का असहज महसुस भएपछि गएराति अस्पताल भर्ना भएको प्रेस सहयोगी कमल गिरीले बताए । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरीसकेको र हाल उनी सघन उपचार कक्षमा उपचाररत रहेको बताए ।

अहिले स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार