आजदेखी द्रुत बस सेवा फेरी संचालन

 
काठमाडौँ । आज काठमाण्डौको रत्नपार्क–भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा आएको जनाएको छ।

विशेषगरी आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आउन लागेको बताइएको छ । उक्त द्रुत बसका लागि सडकमा फेरि रङरोगन गर्नुका साथै ठाउँ ठाउँमा बोर्डहरु राखिएका भने ११ वटा बस थप गरिएको छ । यस्तै १३.४ किलोमिटर रहेको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दूरी द्रुत बस सेवा सञ्चालनपछि करिब ४५ मिनेटको यात्रा रहने बताइएको छ । द्रुत बस सेवाको सञ्चालनले काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार तथा सहजता ल्याउने सरकारले बताएको छ।

यस्तै द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहने मन्त्रालयले जनाइएको छ ।

यद्यपि दसैँ–तिहारको बिदामा यात्रुको चाप न्यून भएको र द्रुत सेवा सञ्चालनमा ल्याइएका बसहरु काठमाडौँ उपत्यकाबाहिर जानु परेकाले केही समय स्थगित गरिएको सेवा पुनः सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार