१४ किलो सुनसहित एक जना विमानस्थलबाट पक्राउ  

काठमाडौँ । गए राति त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित एक जनालाई पक्राउ परेका छन् । विशेषगरी  भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको बताइएको छ ।

यद्यपि पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो । उनलाई राति ११ जेर ५६ मिनेटमा फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो ।

यस्तै घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका हुन् । उनलाई सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको जनाएको छ ।

उक्त घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार