आज दिउँसो कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । विशेषगरी पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको हो ।

यस्तै बैठक आज दिउँसो १ बजे देउवा निवास धुम्बाराहीमा बस्ने तयारी छ । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बुझिएको छ ।

यद्यपि कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तयमा जुटेकाे छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको समीक्षासहितको ‘रिपोर्ट’ प्रस्तुत गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार