सातै प्रदेशका गृहमन्त्री प्रहरी समायोजनको माग गर्दै काठमाडौँमा

काठमाडौँ । आज सातै प्रदेशका गृह मन्त्रीहरू काठमाडौँ आएका छन् । विशेषगरी प्रहरी समायोजनमा सङ्घीय सरकारले गरेको ढिलाइले आफूहरूलाई काम गर्न अप्ठेरो परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउन आएको बताएका छन् ।

यस्तै मधेस प्रदेशका गृह, कानुन तथा सञ्चामन्त्री मोहम्मद समिमले आफ्ना समस्याहरू प्रधानमन्त्री र गृहमन्त्रीलाई राख्न आफूहरू काठमाडौँ आएका हौ’, गृहमन्त्री समिमले “लिखित रूपमा प्रधानमन्त्रीलाई आफ्ना धारण राख्छौ ।” भन्नू भयो । प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरूको गुनासो रहेकोे बताए ।

आज दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डलाई र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटेर ज्ञानपन पत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिइएका छन् । प्रदेश सरकारहरूले लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै असन्तुष्टि पोख्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार