यात्रामा अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना पक्राउ

खोटाङ । आज नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किराती सहित १० जना  रहेका छन् ।

विशेषगरी आज किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले बताएको छ  । उक्त पक्राउ परेका किरातीले सुरक्षा व्यवस्थालाई खलल नपुगोस् भनेर आफु प्रहरीको गाडीमा चढेको बताए ।

यस्तै कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको बताए । आज नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गरेको छ ।

विशेषगरी कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुने भएको छ । उक्त एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार