काठमाडौं । पर्यटन व्यवसायसँग सम्बन्धीत कम्पनीहरुलाई इजाजतपत्र दिँदै आएको उपत्याका पर्यटन कार्यालयको कार्यालय ठेगाना परिवर्तन भएको छ ।
आज एक सुचना निकाल्दै कार्यालय प्रमुख राजन पोखरेलले जानकारी दिनु भएको हो । यस अघि सो कार्यालय सातदोवाटो, सानोहातिवनमा अवस्थीत थियो ।
कार्यालयले सुचना निकाल्दै उक्त कार्यालयको नाम परिवर्तन भएको पनि जनाएको छ । यस अधि उपत्याका पर्यटन कार्यालयको नामबाट चिनीने सो कार्यालय अबदेखि पर्यटन कार्यालय, काठमाडौंको नामबाट चिनीने छ ।
२०८० साल माघ २ गतेबाट उक्त कार्यालय सिँहदरवार दक्षीण द्वार स्थीत जिल्ला समन्वय समिति बबरमहलको भवनको पहिलो तल्लामा रहने छ ।