राष्ट्रिय सभाको निर्वाचनमा गाउँमा बसेका साथीहरूलाई अवसर दिनुपर्छ : नेता शर्मा

काठमाडौँ । आज नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले राष्ट्रिय सभाको निर्वाचनमा नयाँलाई अवसर दिनुपर्ने धारणा राखेका छन् ।

विशेषगरी आज कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठकमा शर्माले राष्ट्रिय सभाको निर्वाचनमा गाउँमा बसेका साथीहरूलाई अवसर दिनुपर्ने बताए । यस्तै नेता शर्माले शेखर–गगन समूहमा पनि समस्या रहेको बताए ।

शर्माले भने,‘१४ औँ महाधिवेशनको समूह एक राखेर अरू जोड्ने हो । शेखर बिना पनि समूह रहँदैन र गगन बिना पनि समूह रहँदैन । नेताहरूले समस्या छैन भन्नुभएको छ, तर समस्या छ ।’ नेता सुनिल  शर्माले एनसेलमा व्यापक भ्रष्टाचार भएको बताएका छन् ।

शर्माले भने,”नैतिक रूपमा हाम्रो पार्टी र सरकारमा भएका अरू पार्टीले जिम्मा लिनुपर्छ । समिति बनाउने कुरा ढाकछोप गर्ने कुरा हो” भन्दै आरोप लगाए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार