काठमाडौँ । तत्कालीन गृहमन्त्री बालकृष्ण खाण थुनामै रहने भएका छन् । आज दिउँसो अदालतमा उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै राख्न आदेश दिइएको छ ।
यस्तै उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएको थियो । र, हाललाई उनी थुनामै रहने भएका हुन् ।
यद्यपि अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने जनाइएको छ ।