कविदास श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौँ । कविदास श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको छैटौँ वार्षिक साधारण सभासँगै सम्पन्न भएको तेस्रो अधिवेशनबाट अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

विशेषगरी भक्तपुर चेम्बर अफ कमर्सको छैटौँ वार्षिक सभाबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हुन । यस्तै २३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ, एशोसियट्स तर्फको उपाध्यक्ष जगत बहादुर श्रेष्ठ, चारैवटा नगरतर्फका उपाध्यक्षहरूमा क्रमशः भक्तपुरबाट राधे सुन्दर साँयजू, मध्यपुरथिमिबाट चन्द्रभक्त श्रेष्ठ, चाँगुनारायणबाट गोकुल प्रसाद प्रजापति र सूर्यविनायकबाट माधव प्रसाद प्रजापति चयन हुनु भएको हो ।

यद्यपि महासचिवमा ज्ञानेन्द्र मानन्धर र कोषाध्यक्षमा सुरेन्द्र जाकिबन्जार चयन हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरू तर्फ अष्टबज्र बज्राचार्य, विजय हाछेथु, न्हुछे राम धुख्वा, पशुपति भुसाल, जीवन मारिखु, विक्रम प्रजापति, नानिबाबु थापा र कुलदिप जिसी चयन हुनुभएको छ ।

भक्तपुर चेम्बर अफ कमर्सको छैटौँ वार्षिक सभाबाट प्रश्रित भोयद्योलाई कार्यसमितिमा मनोनीत गरेको जानकारी दिनुभएको छ । बाकी एक जना मानार्थ सहित तीन जना कार्यसमिति मनोनीत हुने छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार