तनहुँम बस दुर्घटना दुई जनाको मृत्यु, ३४ जना घाइते

तनहुँ । आज तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको बताउनु भयो । यस्तै तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बसमा सवार ३६ जना मध्ये २ जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन नसकेको जानकारी दिइनु भयो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी अनुसार घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पोखरा पठाइएको बताए । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जानकारी दिइए ।

उक्त दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार अहिले भइरहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार