नेपाल पछि पर्नुको प्रमुख कारण नेतृत्वको अयोग्यता : केपी शर्मा ओली

काठमाडौँ । आज नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण नेतृत्वको अयोग्यता भएको बताउनु भएको छ । आज बिहीबार भोजपुरको अरुण गाउँपालिकामा  जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले बताएका हुन् ।

उहाँले भन्नुभयो, ‘यस्तो उर्वर भूमि अविकसित हुनु, पछाडि पर्नु, यहाँका जनता भोकमरी र गरिबीमा बाच्नु स्वाभाविक र सहज कुरो हुँदै होइन,यस कुराका पछाडि नेतृत्वको अयोग्यताबाहेक अरू केही होइन ।’ उहाँले थप्दै भन्नुभयो “गलत स्वार्थ, निजी स्वार्थ, स्वार्थ केन्द्रित राजनीति हुनु र देश र जनता केन्द्रित राजनीति हुन नसक्नु, भिजन र दृष्टिकोण शासकहरूमा हुन नसक्नु नै पछौटेपनको कारण भएको प्रष्ट पार्नुभयो ।”

विशेषगरी मंसिर १४ बाट नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा अन्तर्गत बैतडीबाट हिँडेको टोली आज १५ औँ दिन भोजपुरबाट धनकुटा पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार