विभिन्न संचार माध्यमहरुमा आएका समाचार प्रति निगमले गम्भीर ध्यानाकर्षण जनायो

काठमाडौं । आज नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको STOL Route मा उड्ने जहाज सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएका समाचार प्रति निगमले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

विशेषगरी निगमले समाचारहरुबाट आमजनमानसमा सिर्जना भएको भ्रम निवारण तथा यथार्थ जानकारी दिनका लागि यो प्रेस विज्ञप्तिमा उल्लेख्य गरिएको छ ।

१. खरिद पारदर्शीता सम्बन्धमा निगमको जहाज खरिद प्रक्रिया पारदर्शी ढंगले गर्नको लागि तालुक मन्त्रालयको समेत सहमति लिइ निगमले सार्वजनिक खरिद ऐन, नियम वमोजिम मिति २२ अक्टूबर, २०२३ मा सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

२. निगमको सुधारको लागि बनेका अहिले सम्मका आयोग अध्ययन समिति र निगम भित्रकै अध्ययन प्रतिवेदनले समेत बजारमा ध्वजावाहकले आफ्नो उपस्थिति देखाउन निगमलाई तत्काल STOL Route मा उड्ने जहाज आवश्यकता छ भन्ने औल्याएको छ, जुन यसप्रकार छ ।

सिफारिस अध्ययन समिति प्रतिवेदनहरु

क) Study of NAC’s 10 years Business Plan Sub-committee (2014) ( जहाज संख्या ४)

ख) Integrated Domestic Business Plan with Replacement Plan for MA 60 and

Y 12 E Aircraft Sub-committee (March, 2020 ) ( जहाज संख्या ६)

ग) Review report on Integrated Domestic Business Plan Report Sub-

committee (October, 2020 ) ( जहाज संख्या ४ )

घ) Integrated Business Plan 2021-2030 Sub-committee ( जहाज संख्या ४)

३. आर्थिक स्रोतको सम्बन्धमा निगमले ३ वटा STOL Route मा उड्ने जहाज ६/६ महिनाको अन्तरमा ल्याउने भएकोले सम्पूर्ण रकम एकमुष्ट तिर्ने नभई पटक पटक तिर्दै जाने हुंदा सोको व्यवस्थापन आन्तरिक स्रोतबाट गर्न निगम सक्षम छ ।

४ निगमको दैनिक व्यवसाय संचालन गर्न र दुर्गम भेगका जनतालाई सेवा दिन जहाजको उपलब्धता अपरिहार्य हुन्छ । जहाजको उपलब्धता र पुनःसंरचना गर्ने विषय एक अर्कालाई रोकेर गर्नुपर्ने विषय नभएकोले स्वाभाविक रुपमा छलफल गरी क्रमशः गर्दै लैजान सकिने विषय हो ।

५. अर्थ मन्त्रालयका प्रतिनिधिले नोट अफ डिसेन्ट लेखेको भन्ने सम्बन्धमा निगममा सात जना सञ्चालक समिति सदस्य रहने र निर्णय प्रक्रियामा सर्वसम्मत वा सामान्य बहुमतबाट निर्णय गर्न सकिने प्रावधान रहेको छ । अर्थ मन्त्रालयको प्रतिनिधिबाहेक सबै ६ जना सञ्चालकहरुले जहाज खरिद गर्ने निर्णयको पक्षमा र अर्थ मन्त्रालयका प्रतिनिधिले सुझाव सहित हस्ताक्षर गरेको हुँदा निर्णय प्रक्रिया विधिसम्मत भई टेण्डर समेत आसन भईसकेकोले यसमा अन्यथा मानिराख्नु पर्दैन ।

मुलुकको हवाई क्षेत्रमा निगमले पुन्याउदै आएको सेवा, अफगानिस्तानमा भएको उद्दार, कोभिड माहामारीको वखत चीनको वुहानबाट नेपालीहरुको उद्दार, इजरायलबाट नेपालीहरुको उद्दार, जाजरकोटमा गएको भुकम्पबाट भएका घाइतेहरुको उद्दार जस्ता विभिन्न विपद् तथा संकटमा राष्ट्रिय ध्वजावाहकको योगदान तथा मुलुकको पर्यटन प्रवर्द्धनमा खेल्दै आएको भूमिका महत्वपूर्ण विषय हो । उक्त कुरालाई मध्यनजर गर्दै निगमको वर्तमान व्यवस्थापनले राष्ट्रिय ध्वजावाहकको गुणात्मक सुधारको लागि उल्लेखनीय कार्यहरु गर्दै आएको छ ।

तसर्थ, निगमका सम्बन्धमा समाचार प्रकाशन गर्दा निगमको आधिकारिक धारणासहित सत्य र तथ्य राखिदिनुहुन सबैमा अनुरोध छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार