चीनबाट चोरेर ल्याएका मोटरसाइकल बरामद

 

पोखरा । पछिल्लोसमय चीनबाट चोरेर ल्याएका ४ वटा चिनियाँ मोटरसाइकल मुस्ताङ र डोल्पाको सीमाबाट बरामद भएको छ ।

विशेषगरी  वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याक स्थित साङता हुँदै डोल्पा जाने सडकबाट ती मोटरसाइकल बरामद भएका मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोज पाण्डेले बताउनुभयो ।

यद्यपि उहाँका अनुसार चारवटै मोटरसाइकल चीनबाट भन्सार छलेर ल्याइएको बताउनुभयो । ‘मुस्ताङबाट डोल्पा सप्लाई गर्न लागेको सूचना पाएपछि प्रहरीले बरामद गरेको जानकारी दिनुभयो ।

यस्तै प्रहरी सहायक निरीक्षक सुजन गुरुङको कमान्डमा गएको ५ जनाको टोलीले मोटरसाइकल बरामद गरेको पाण्डेले बताउनु भयो । मोटरसाइकलको मूल्य करिब १० लाख पर्ने अनुमान रहेकोे छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार