अन्डा खाने बित्तिकै चिया, पानी र दुध किन पिउनु हुन्न ?

काठमाडौँ । अन्डा खाने बित्तिकै पानी पिउन लाग्दा कसैले तपाईँलाई पानी खानु हुन्न भनेर रोकेका छन् ? अन्डा खाने बित्तिकै पानी पिउन नहुने कारण के रहेछ तपाईँले कहिले सोच्नु भएको छ ?

खास कुरा के हो भने पानीको उपस्थितिमा प्रोटिन पच्ने गति सुस्त हुन्छ । उसिनेको अन्डा खाने बित्तिकै पानी पिउँदा अन्डामा भएको प्रोटिन साना अणुमा टुक्रिन पाउँदैन अनि प्रोटिन पच्न निकै समय लाग्छ । यति मात्रै होइन अन्डाबाट शरीरले जति प्रोटिन पाउनु पर्थ्यो त्यति पाउँदैन ।

उसिनेको अन्डा खाएपछि दूध पनि पिउनु हुन्न । दूधमा ल्याक्टोज हुन्छ । अन्डामा पनि प्रचुर मात्रामा प्रोटिन हुन्छ । धेरै जसो मानिसहरु खाजामा अमलेटको साथमा एक ग्लास दूध पनि खान्छन् । दुबैलाई एकै साथ खाँदा शरीरलाई ल्याक्टोज पचाउन गाह्रो हुन्छ ।

ल्याक्टोज पचेन भने पेट दुख्ने, पेट फुल्ने, ग्यास भरिने, डाइरिया जस्ता समस्या हुनसक्छ । बच्चालाई अन्डाको साथमा दूध त झन् दिनै हुँदैन । बच्चाले यसलाई पचाउन सक्दैनन् । बान्ता हुने, पातलो दिशा लाग्ने समस्या देखिन सक्छ ।

अन्डा खाने बित्तिकै चिया खाँदा हुन सक्छ कब्जियत

धेरैजसो मानिसमा खाना खाने बित्तिकै चिया खाने बानी पाइन्छ । यसरी चिया खाँदा फ्रेस भइने र खाना पच्छ भन्ने भ्रम छ । तर यस्तो होइन भन्छन् डाइटीशियनहरु । अझ अन्डा खाने बित्तिकै चिया खाँदा शरीरलाई झनै क्षति हुन्छ । चियामा टेनिक एसिड धेरै हुन्छ । दूधमा पाइने प्रोटिनसँग मिलेर यसले कब्जीयत त गराउँछ नै शरीरमा अन्य हानिकारक चिज पनि थुप्रिन थाल्छ ।

कतिबेला उपर्युक्त हुन्छ अन्डा खाने ?

अन्डामा प्रोटिन, भिटामिन र मिनरल भरपुर हुन्छ । त्यसैले यो जति बेला खाँदा पनि हुन्छ । तर नेशनल इन्ष्टिच्यूट अफ हेल्थ रिपोर्टका अनुसार ब्रेकफाष्टमा अन्डा खानु स्वास्थ्यको हिसाबले सबैभन्दा राम्रो हो । ग्यास्ट्रिकको समस्या भएका बिरामीले राति अन्डा खान नहुने एकथरी विज्ञहरु बताउँछन् । अन्डाको पहेँलो हिस्सामा हुने फ्याटका कारण इरिटेशन हुने अनि निद्रामा समस्या आउन सक्ने बताइएको छ । तर केही अध्ययनले भने अन्डा खाएपछि राति राम्रो निद्रा आउने पनि देखाएका छन् ।

दिनभरिमा २–३ ओटा मात्रै खानुस् अन्डा

चिनियाँ फूड ब्लगहरुमा एउै मान्छेले एकै चोटिमा ८–१० ओटा अन्डा खाएको हामीले देखेका छौँ । तर यसरी एकै पटक धेरै अन्डा खानु ठिक होइन । सामान्यतः हरेक व्यक्तिले दिनमा १ वा २ अन्डा खानु ठिक हुन्छ । तपाई शारीरिक रुपमा बढी नै सक्रिय हुनुहुन्छ जस्तै कि खेलाडी भने चाँहि  दिनमा ३ देखि ४ ओटासम्म अन्डा खान सक्नु हुन्छ । शारीरिक गतिविधि कम भएका व्यक्तिले धेरै अन्डा खाँदा कोलस्ट्रोलको स्तर बढ्न सक्छ । जसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्छ ।

अन्डा खाँदाको फाइदा

अन्डा खाँदा सेतो र पहेँलो दबे हिस्सा खानुपर्छ । सेतो भागमा प्रोटिन र भिटामिन बीटू हुन्छ । पहेँलो भागमा भने भिटामिन ए, ई र केको साथमा ओमेगा थ्री हुन्छ । यसमा सेलेनियम पनि उच्च मात्रामा हुन्छ । सेलेनियमबाट कपाल र नङ्गलाई पोषण मिल्दछ । अन्डामा पोटाशियम, जिंक, म्याग्नेशियम र फोस्फरस पनि हुन्छ ।एजेन्सी

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार