मङ्गलवार आउने भनिएको मौद्रिक नीति नआउने

काठमाडौँ । मङ्गलवार आउने भनिएको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाको सम्भावना टरेको बताइएको छ । विशेषगरी केन्द्रीय बैङ्कले मौद्रिक नीतिका लागि मङ्गलवार बिहान बोर्ड बैठक बोलाए पनि आउने वा नआउने कुनै निश्चित छैन । तर, मङ्गलवारको बैठकले मौद्रिक नीति पास नगरेको राष्ट्र बैङ्कले बताएको छ ।

राष्ट्र बैङ्कका अनुसार ‘अरू नै कुनै सन्दर्भमा, मुद्दामा बोर्ड बैठक बसेको हुनसक्छ । तर, मौद्रिक नीति पास भएको छैन’ केन्द्रीय बैङ्कका प्रवक्ता समेत रहेका निर्देशक डा.गुडाकर भट्टले आज मौद्रिक नीतिको समीक्षा आउने सम्भावना छैन ।’

यस्तै खास गरी केन्द्रीय बैङ्कले पछिल्लो तथ्याङ्क (कात्तिक महिनासम्मको वित्तीय रिपोर्ट) हेरेर मात्र मौद्रिक नीति ल्याउन खोजेको प्रवक्ता डा.भट्टले बताउनुभयो ।

विशेषगरी ‘प्रायः सबैजसो पक्ष बैङ्कको निर्देशन, सर्कुलरमार्फत आइसकेका छन् । यस्तै मौद्रिक नीतिले परिवर्तन गर्नुपर्ने त्यस्तो खास मुद्दा छैनन् । तर पनि  केन्द्रीय बैङ्कले पछिल्लो वित्तीय रिपोर्ट हेरेर मात्र मौद्रिक नीति ल्याउन खोजिएको भट्टले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार