अहिलेको गठबन्धन सरकार असफल भयो – डा. राजन भट्टराई

 
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डा. राजन भट्टराईले प्रचण्ड नेतृत्वको सरकार असफल भएको बताउनुभयो ।

यस्तै एमाले विदेश विभाग प्रमूखसमेत रहनुभएका भट्टराईले प्रचण्ड नेतृत्वको सरकार आएसंगै धेरै कुराहरु असफलतासंगै विदेश नितीमा पनि राम्रो नदेखिएको बताउनु भएको छ ।

विशेषगरी उहाँले विकाशलाई गति दिने काम, अर्थतन्त्र अगाडि बढाउनुपर्ने कामहरु नभएकाले यो सरकारलाई सफल भन्ने कुनै आधार नभएको प्रष्ट पार्नु भयो ।उहाँले नेपाल–भारत सम्बन्धमा पनि तात्विक प्रगती नदेखिएको बताउँदै भारतले कतिपय मामलामा आफ्नो जवरजस्तीपन गरिनै रहेकाले नेपाल–भारतबीच हिजो जे समस्या थिए आज ती झन् बढेर गएको बताउननु भएको छ ।
यस्तै उहाँले लगानी, पर्यटकीयलगायत क्षेत्रमा भारतसंग अपेक्षा गरेका कुराहरु नपाएकाले पनि दुई देशबीचको सम्बन्धमा प्रगती भएको नदेखिएको उल्लेख गर्नुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार