महराविरुद्धको अभियोग पत्र

काठमाडौँ, पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आपराधिक विश्वासघात र भन्सार छलीको कसुरसमेत गरेको अभियोग पत्रमा उल्लेख छ ।
यस्तो छ पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्धको अभियोग पत्र

प्रतिवादीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ बिगो कायम गरिएको छ ।

यस्तै अभियोग पत्रमा प्रतिवादीहरुको संलग्नतामा प्रतिवादीहरुले अन्तराष्ट्रिय रुपमा संगठन तथा सञ्जाल विस्तार गरी उक्त सञ्जाल नेपालमा समेत संगठित भएको समूहलाई सहयोग, मद्दत गरी आफूहरुलाई समेत आर्थिक लाभ प्राप्त गर्ने र राज्यलाई हानी नोक्सानी पुऱ्याउने कार्य गरेकोले निजहरुको उक्त कार्य संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१) र (२) मा निषेधित एवं परिभाषित एवं सोही ऐनको दफा ३ को उपदफा (३) (क) बमोजिमको कसूर गर्न सोही ऐनको दफा ४ बमोजिमको कसूर गरेको पुष्टि हुन आएको उल्लेख छ ।

अभियोग पत्र पढ्नुहोस :

SDOC-7A8BA148C6F8BAD4EBB31511C006EEE8-10-11-SI

कान्तिपुर

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार