आजबाट मलाई माला खादा नलाउनु: पर्यटन मन्त्री सुदन किराती, प्रचण्डलाई भगवान नबन्न आग्रह

काठमाडौँ, पर्यटन मन्त्री सुदन किरातीले आफूलाई सार्वजनिक कार्यक्रममा बोलाएर माला र खादा नलगाउन आग्रह गर्नुभएको छ ।

किरातीले आफ्नो फेसबुक पेजमा सुचना जारी गर्दै यसो भन्नु भएको हो । दशैँको लागि किराती आज आफ्नो गृह जिल्ला भोजपुर जाँदै हुनुहुन्छ । उनले यसरी आफूलाई माला खादा नलगाउनु भनेर आफ्नै पुराना टाउको समेत छोपीने गरी लगाएको माला र खादाको तस्वीर पनि प्रकाशित गर्नु भएको छ ।

यसले टाउकोसम्म पुग्ने गरी माला लगाउने प्रचण्ड र उनकै कतिपय नेताहरुलाई देखावटी काम गरेर आफू भगवान नबन्न पनि सुझाव दिनु भएको छ । वहाँले लेख्नुभएको छ –

आजबाट गृह जिल्ला भोजपुर जाँदै छु ।

मैले सुरुमै घोषणा गरिसकेको छु- मेरो सम्मान र सुरक्षाको लागि प्रहरीको पहरा, फूल, माला र खादाको प्रयोग गरी समय, शक्ति र सम्पत्ति खेर नफालौं । यसपटक अर्थात् आजको मितिबाट सार्वजनिक कार्यक्रमसम्बन्धी मेरा निम्न शर्तहरु छन् :

१. मलाई प्रमुख अतिथिका रुपमा निम्तो दिइएको कार्यक्रममा म मञ्चमा होइन, सहभागीहरुसँगै बस्ने छु ।
२. कार्यक्रम जुन विषय र क्षेत्रसँग सम्बन्धित हुन्छ, सोही क्षेत्रका अग्रज प्रमुख अतिथि हुनुहुनेछ, म विशेष अतिथि मात्र हुनेछु ।
पोष्ट गरिएका मेरै फोटो हुन । यसरी माला पैरेर के मानिस भगवान बन्न सकिन्छ ?

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार