काठमाडौँ । बुद्धिस्ट पर्यटक थाइल्याण्डको फुकेटबाट सिधा उडान गरी नेपालमा ल्याउने भएको हो । विशेषगरी काठमाडौँको रुप्से होलिडेज र फुकेटको ट्राभल कम्पनीबिच सहकार्य गरी नेपालमा डाइरेक्ट फ्लाइटमार्फत् पर्यटक ल्याउने भएका हुन् ।
यस्तै थाइल्याण्डको बैंकक तथा पटायाबाट नेपाल र नेपालबाट ती स्थानहरूमा पर्यटकको आवागमन हुन्थ्यो । तर, अब भने फुकेटमै डाइरेक्ट फ्लाइटमार्फत उडान हुन लागेको बताइएको छ । महिनामा एउटा डाइरेक्ट फ्लाइटमार्फत पर्यटक आदनप्रदान गर्न लागेको नेपालको टुर अपरेटर रुप्से होलिडेजले बताउनुभयो ।
रुप्से होलिडेजका अनुसार पहिलोपटक आगामी जनवरी २१ मा काठमाडौँ-फुकेट-काठमाडौँको प्रत्यक्ष उडान हुने बताउनुभयो । यस्तै हिमालय एअरलाइन्सको विमानबाट ३ घण्टा १० मिनेटको यात्रामा फुकेटको यात्रा हुने र एकतर्फी भाडा ३५ हजार कायम गरिएको टुर अपरेटरले बताएको छ । यद्यपि फुकेटबाट नेपाल आउने डाइरेक्ट फ्लाइट नभएकाले त्यहाँबाट नेपाल आउन चाहने बुद्धिस्ट पर्यटकलाई लक्षित गरी उडानको व्यवस्था गरिएको रुप्से होलिडेजले बताएको छ ।
विशेषगरी पहिलो उडानमा थाइल्याण्डको फुकेटबाट करिब १ सय ४० जना थाई पर्यटकलाई ल्याउने भएका छन्