हनी ट्र्यापमा पारेर घुम्न आउने पर्यटकलाई लुटपाट

पोखरा । हनी ट्र्यापमा पारेर पोखरा घुम्न आएका पर्यटकलाई लुटपाट भएको छ । पृथ्वीचोकमा रहेको बसपार्कमा महिलालाई प्रयोग गरेर एकान्तमा लैजाने र पुरुषहरूले लुटपाट गरेर भाग्ने गरेको प्रहरीले बताएको छ ।

विशेषगरी हनी ट्र्यापमा पार्ने २ महिला र ३ पुरुष रहेका छन् । उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारेर होटेल लैजाने भन्दै एकान्तमा लगेर लुटपाट गरिएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले बताए । श्रेष्ठले अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।उनीहरुले मोबाइल र नगद तथा सुनहरू लुट्ने गरेका थिए ।

यस्तै पक्राउ पर्नेमा पोखरा २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन घर भई पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, लमजुङको बेंशीसहर घर भई पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षीय योगेश गुरुङ, पोखरा ९ कै १९ वर्षीय मञ्जु नेपाली र सोही ठाउँकी १९ वर्षीय सम्झना परियार रहेकोे प्रहरीले बताएको छ ।

उनीहरू लाई  ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको श्रेष्ठले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार