१५ हजार भन्दा बढी नेपाली कामदार कोरियाले  उत्पादनमूलक क्षेत्रका लागि माग्यो

काठमाडौँ । १५ हजार भन्दा बढी नेपाली कामदार दक्षिण कोरियाले माग गरेको छ। दक्षिण कोरियाले ईपीएस भाषा  परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन मागेको हो ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाबिच भएको समझदारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरिएको उल्लेख गरेको छ ।

यस्तै कोरियन भाषा परीक्षा संचालन गर्न एचआडी कोरियाले वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखालाई पत्र पठाएको छ । यद्यपि सोही आधारमा कोरिया शाखाले आवेदन माग गरेको हो।

पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने ईपीएस शाखाले बताएको छ । परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने बताएको छ । १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिने उल्लेख गरेको छ।

यस्तै रोजगार आवेदन फाराम (Job Application Form) भर्न सकिनेछ ।परीक्षा आवेदन फाराम  https://eoers.epsnepal.gov.np  मा गई अनलाईनबाट भर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार