निजी स्वास्थ्य संस्थाहरूको भरतपुर महानगरपालिकाद्वारा तीव्र अनुगमन

चितवन । पछिल्लो समय भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित निजी स्तरका स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्र पारेको छ ।

विशेषगरी महानगरपालिकाले गत साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आग्रह गरेको छ । यस्तै महानगरको सूचना प्रकाशन आधारमा निवेदन पेस भएका संस्थाहरूको पहिलो चरणमा अनुगमन गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले बताए ।पहिलो चरणमा ५६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिने अधिकृत भट्टले प्रष्ट पार्नुभयो ।

महानगरले हालसम्म ४२ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिसकिएको छ । जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले वर्षेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने जानकारी दिइएका छन् । यद्यपि  अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिइरहेको पनि बताए ।

यस्तै महानगरले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरू तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन गर्ने गरिएको जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार