नेपाल राष्ट्र बैंकले १६ अर्बको ट्रेजरी बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै छ ।

विशेषगरी बैंकले मंसिर १९ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने दुई किसिमका कूल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने बताएको छ  । केन्द्रीय बैंकले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण गर्ने बताएको छ ।

यस्तै बैंकद्धारा जारी सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि १० अर्ब रुपैयाँ छुट्याएको छ ।
यद्यपि इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मंसिर १८ गते दिउँसो २ बजेसम्म आवेदन दिन जानकारी दिइएको छ ।

त्यस्तैगरी ट्रेजरी बिक्री भने मंसिर १९ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले मंसिर ११ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिसकेको छ  ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार