प्रत्येक उडान टिकट खरिदमा १ सय रुपैयाँ क्यासब्याक

काठमाडौँ । विशेषगरी अहिले नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै १ सय रुपैयाँ क्यासब्याक लिन सक्ने भएका छन् ।

यो क्यासब्याक लिने अभियान मङ्सिर १५, २०८० देखि पुस १४, २०८० सम्म चल्ने छ । यस्तै उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन भन्ने उल्लेख गरिएको छ ।

यद्यपि क्यासब्याक प्रति टिकट मान्य छ जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक लिनसक्ने छन् । यस्तै नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद सकिनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार