न्यायिक समिति सदस्य भावना श्रेष्ठले २ लाख घुस लिएको आरोप

पोखरा । पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठले घुस लिएको आरोप राजीनामा दिनुभएको छ ।

विशेषगरी पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको हो । रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ । उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य रहेकी श्रेष्ठले २ लाखको चेक लिएको आरोप यतिबेला लागेको छ ।

महानगरपालिकाकी श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने र गुरुङले उक्त आरोपको खण्डन गर्नुभएको थियो । यस्तै विवादित भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएको बताइएको छ । शनिवार नै उनले फेसबुकको म्यासेन्जरबाट राजीनामा पत्र पठाएको बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार